कैलालीमा १३ वर्षीया बालिका बलात्कृत, ३ जना पक्राउ

Yugnepal     858 पटक पढिएको    

कैलालीमा १३ वर्षीया बालिका बलात्कृत, ३ जना पक्राउ


धनगढी असार ८  
१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। कैलालीको धनगढी बस्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ३ जनालाई शनिबार साँझ पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका(१५, उर्मागाउँ बस्ने २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय विजय चौधरी र सोही उपमहानगरपालिका–७, मनोहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन्। बालिकालाई फकाएर से १ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी कनरी बाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो।



आइतबार ०८, असार २०७६ ०६:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.