काठमाडौं । यसपटकको मौसम बढी नै उत्ताउलो बन्दै गएको छ । गर्मीको पारो अधिकभन्दा अधिक बढिरहेको छ । वर्षाको सम्भावना पनि उत्तिकै छ । अनि छिनछिनमा आउने हावाहुरीले झस्काइरहेको छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
यो क्रम मंगलबार र बुधबार पनि रहने जनाइएको छ ।
यस्तो छ पारो –
भैरहवामा ४१।७, दिपायलमा ४१।४, नेपालगंजमा ४०।७, धनगढीमा ४०।१, जनकपुरमा ३८।२, सिमरामा ३८ डिग्री रहेको छ ।
काठमाडौंमा आइतबार ३२।५ डिग्री रहँदा न्यूनतम तापक्रम १९।४ डिग्री रहेको थियो । न्यूनतम पारोसमेत बढेकाले पनि मौसमले निकै कठिन बनाइरहेको छ ।
तराई भेगमा धेरैजसो विद्यालयहरु बन्द गरिएका छन् ।
प्रतिकृया दिनुहोस