कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड, पुँजीगततर्फ ६२ प्रतिशत विनियोजन

Yugnepal     997 पटक पढिएको    

कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड, पुँजीगततर्फ ६२ प्रतिशत विनियोजन


काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६(०७७ का लागि बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

कर्णालीका आर्थिक मामिला मन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटमा चालूभन्दा पुँजीगत खर्च बढी रहेको छ । कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ५ करोड ९३८ प्रतिशत० तथा पुँजीगततर्फ २१ अर्ब २९ करोड रुपैयाँ ९६२ प्रतिशत  रहेको हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड १० लाख तथा चालू आवबाट खर्च नभई बाँकी रहन जाने अनुमानित ८ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । त्यसैगरी कर्णाली सरकारले संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त ७ अर्ब ४४ करोड, प्राकृतिक स्रोतको रोयल्टि बाँडफाँडबाट प्राप्त हुने रकम २ करोड ७४ लाख रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

त्यसैगरी वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकम ९ अर्ब ८४ करोड रुपैयाँ, सशर्त अनुदानका रुपमा प्राप्त ५ अर्ब २७ करोड पनि परिचालन गर्ने कर्णाली सरकारको योजना छ ।

समपुरक र विशेष अनुदानका रुपमा प्राप्त हुने अनुमान गरिएको १ अर्ब ८१ करोड रुपैयाँ सकेत जोड्दा अपुग रकम ७५ करोड रुपैयाँ आन्तिरिक ऋणबाट उठाउने सरकारको योजना रहेको उल्लेख गरिएको छ ।



आइतबार ०१, असार २०७६ ०६:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.