जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु, नौ बिमार

Yugnepal     955 पटक पढिएको    

जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु, नौ बिमार

जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु, नौ बिमार

पाल्पा,  जङ्गली च्याउ खाँदा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवास,  सार्कीडाँडामा एक बालिकाको मृत्यु भएको छ भने नौ बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नौ वर्षीया निर्मलासिंह ठकुरीको मृत्यु भएको हो।

जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनको मृत्यु भएको र अन्य नौ बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलले बताए। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

जंगली च्याउँ खादा चार वर्षीय विष्णुसिंह ठकुरी, ४५ वर्षीय पुरन खाम्चा, ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ।

उनीहरू चार परिबारका सदस्य हुन्। बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका थिए। वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उपचारका लागि अस्पताल लगिएको थियो।
बिरामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



बुधबार २९, जेठ २०७६ ०३:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.