राजा जनकलाई यसरी दिक्षित गरे बालक अष्टबक्रले

Yugnepal     1381 पटक पढिएको    

राजा जनकलाई यसरी दिक्षित गरे बालक अष्टबक्रले

 

काठमाठौं । राजा जनकले एक रात भिखारी बनेको सपना देखे । टाढा टाढा गएर भिक्षा मागिरहँदा उनी असाध्यै भोक लागेर तड्पिरहेका थिए। धेरै याचना पछि मुस्किले उनले दाल र चामल पाए र निकै संघर्ष गरेर उनले खिचडी पकाएका थिए।

खिचडी पाकेसँगै एक पातमा हालेर सेलाउन पर्खेसँगै दुई साँढे जुध्दै आउँदा त्यो खिचडी पोखिएर माटोमा मिल्छ। सपनीमै राजा जनक हाहाकार गर्न थाले र त्राहिमाम त्राहिमाम भन्दै जमीनबाट उठे। उनी आफ्नो भोक कसरी शान्त हुन्छ भनेर चिन्तित भए। उनि विलाप गर्न थाले, ुम यो खिचडि खाएर भोकलाई शान्त गर्ने थिए तर यस भन्दा पहिले नै साढेले त्यसलाई माटोमा पोखाइदियो । अब म कसरी आफ्नो भोक मेटाउ अनि कसरी जीवित रहनेछु ।ु

यसै विलापको अवस्थामा राजा जनकको आखाँ खुल्यो । आखाँ खुलेसँगै उनले आफु राजमहलमा भएको थाहा पाए। उनि दरिद्रको रूपमा नभई राजा रहेको राजमहल भित्र आराम गरिरहेको तथा चारैतर्फ उनका नोकर चाकर उनको आज्ञा मान्न तत्पर खडा देखे ।

राजा जनक भित्र दुविधा उत्पन्न भयो, ुजे मैले सपनामा देखे, अनुभव गरे, त्यो सत्य हो या जे म अहिले आखाँले देखिरहेको छु, यो मेरो राजाको पदवी यो राजमहल, यी मेरा नोकर चाकर सबै यस लौकिक संसारमा दृष्टिगोचर भइरहेको छ के यो सत्य हो रुु

सत्य के हो रु यो जान्नको लागि राजा जनक व्याकुल भए । यसका लागि उनले एक विशाल सभाको आयोजना गरे । जसमा देशभरमा ठुला ठूला विद्वान, प्रशिद्ध दार्शनीक, ऋषि महर्षीहरुलाई आमन्त्रीत्र गरियो । ती सबैलाई बोलाएर राजा जनकले आफ्नो दुविधा राखे । उनले भने, ुजो मेरो प्रश्नको ठिक उत्तर दिने छैन । मलाई सन्तुष्ट गर्न सक्ने छैन त्यो कारागारमा जानेछ ।ु

ती विद्वानहरु मध्ये केहिले भने, ुमहाराज तपाईको सपना नै सत्य हो किनभने जे तपाईले सपनामा अनुभव गर्नुभयो त्यो अनुभव यती गहिरो थियो, यति सशक्त थियो कि तपाई आफुले आफुलाई निर्धन सम्झन थाल्नुभयो ।ु

अर्का ऋषिले भने, ुहोइन महाराज पछि तपाईको निन्द्रा त टुट्यो र तपाईले आफुलाई राजमहल भित्र पाउनुभयो र अतस् तपाईको जागृत अवस्था नै सत्य हो  र तपाईको सपना असत्य हो ।ु

यसप्रकार कसैले जागृत र कसैले स्वप्न अवस्थालाई सत्य बताए । अन्य विद्वानहरुले पनि अनेक प्रकारले सत्यको विवेचना गर्न थाले तर कसैबाट पनि राजा जनक सन्तुष्ट हुन सकेनन् ।

केहि काल खण्डपछि अष्टबक्र पनि आफ्ना बुवाको खोजी गर्दै  राजा जनकको दरबारमा आइपुग्छन् । अष्टबक्रका बुवा राजा जनकको प्रश्नको सन्तोषजनक उत्तर दिन नसकेका कारण जेलमा रहेका थिए । जब अष्टबक्र राजदरवारको सभामा पुगे त्यहाँ उपस्थित सबै हाँस्न थाले । उनको शरीरका अंग टेढो मेढो थियो त्यहि कारण उनलाई कुब्बड मुनि पनि भनिन्थ्यो ।

सबै हासेको देखेर अष्टबक्र भन्छन्, ुराजा जनक १ तिमीले यो जुन सभा बोलाएका छौं यो त चमारहरुको सभा हो । यो विद्वानको सभा होइन । यो सुनेर राजा जनकलाई ठुलो धक्का लाग्यो । जनक सोध्छन् , ुमहाराज तपाई यिनीहरु सबैलाई यस्तो किन भनिरहनुभएको छ रु  यी त ठूला विद्वान हुन् ।ु

अष्टबक्र भन्छन्,ु राजन १ जो छालाको काम गर्छ र जसको बुद्धि पनि छाला र रूपरङ्गसँग जोडेर देखिन्छ त्यो चमार हो। यी मानिसहरु मेरो टेढो मेढो शरीर अंग देखेर हाँसे यसबाट थाहा हुन्छ कि यीनिहरुको ज्ञान छालासम्म सिमित छ, यीनिहरुको केवल छालासम्मको ज्ञान छ। किनभने मेरो अंग टेढो मेढो छ यसैले यिनिहरुले सोचे कि यसले के उत्तर दिन सक्छ रु तर उखु टेढो मेढो भएपनि त्यसको रस टेढो मेढो हुदैन । यो शरीर पनि टेढो मेढो छ तर ज्ञान टेढो मेढो छैन ।ु

राजाले सोचे कुरो त ठिक हो शरीरबाट ज्ञानको पहिचान हुदैन । राजा जनकले आफ्नो मन्त्रीलाई आफ्नो प्रश्न अष्टबक्र सामु राख्न इशारा गरे । मन्त्री जसै राजाको व्यथा सुनाउन लागे तब अष्टबक्र भन्छन्,ुमन्त्री जी १ के तपाईको राजाको जिब्रो छैन जो स्वयं आफ्नो प्रश्न सोध्न सक्दैनन। जसलाई तिर्खा लागेको हुन्छ त्यसैले पानी पिउँछ ।ु

राजा जनकले आफ्नो गल्ती बुझे र आफै उभिएर आफ्नो दुविधा बताए । उनि प्रश्न गर्छन, ु हे महाराज १ जागृतावस्था र स्वप्नावस्था यी दुवैमा कुन सत्य हो , सत्य के हो रुु
 
अष्टबक्र भन्न थाले,ु हे राजा १ यी दुवै सत्य होइनन् न तिमी राजा हुनु सत्य हो । न त तिमी सपनामा भिखारी हुनु सत्य हो । किनभने जब तिमी आफुले आफुलाई भिखारीको रुपमा देखिरहेका थियौ पेटमा धेरै भोक लागेको थियो त्यस समय तिमीलाई राजा हुनुको ज्ञान थिएन। जब निन्द्रा टुट्यो तिमीलाई राजा भएको आभाष भयो तब त्यो दरिद्र भिखारी हुनुको ज्ञान असत्य लाग्न थाल्यो। यसकारण दुवै एक अर्काको सामु निरर्थक हुन्। जागृतमा हामी संसारलाई हेरिरहेका छौ तर जब हामीलाई स्वप्न आउन थाल्छ, यो संसार हाम्रो लागि मिथ्या हुन्छ। सत्य त त्यो हो जो हरेक अवस्थामा अर्थात जागृत, स्वप्न, सुषुप्त, तुरीया यी चारै अवस्थामा विद्यमान रहन्छ।ु

जब हाम्रो आखाँ खुल्ला हुन्छ तब जे देखिन्छ सो समय त्यो सत्य प्रतित हुन्छ । तर आँखा बन्द गरेर हामी स्वप्नत्व हुन्छौ तब संसार असत्य प्रतित हुन्छ र सपनामा जे देखिन्छ त्यो सत्य प्रतित हुन्छ । तब राजा जनकले बालक अष्टावक्रसँग विधिवत दीक्षा लिएर ज्ञानको शिक्षा लिए । सबैभन्दा पहिले अष्टावक्रले भने ु जे जे अज्ञान छ त्यसलाई जान्नु नै ज्ञानको सुरुवात हो ।

वयोवृद्ध राजा जनक, बालक अष्टावक्रसँग सोध्छन् ( हे प्रभु, ज्ञानको प्राप्ति कसरी हुन्छ, मुक्ति कसरी प्राप्त हुन्छ, वैराग्य कसरी प्राप्त गर्न सकिन्छ रु

अष्टावक्र उत्तर दिन्छन् ( यदि तपाई मुक्ति चाहानुहुन्छ भने तपाईले आफ्नो मनबाट विषय ९वस्तुहरुको उपभोगको इच्छा० बिष जस्तै त्याग्नुपर्नेछ । क्षमा, सरलता, दया, संतोष तथा सत्यलाई अमृत जस्तै सेवन गर्नुहोस ।
 
धर्म, अधर्म, सुख, दुःख मस्तिष्कसँग जोडिएका छन्, सर्वव्यापक तपाईसँग हैन। न तपाई कर्ता हो न त भोग्ने वाला, तपाई सधै मुक्त नै हुनुहुन्छ । अष्टावक्र र राजा जनकबीचको संवादलाई  ुअष्टावक्र महागीताु को नामले जानिन्छ।



मङ्गलबार २१, जेठ २०७६ ०३:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.