हिमशिखरको साथले नास्ता पसल सञ्चालन मनग्य आम्दानी गर्दै सपना

युग संवाददाता     27 पटक पढिएको    

हिमशिखरको साथले नास्ता पसल सञ्चालन मनग्य आम्दानी गर्दै सपना

 


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी सपना चौधरी बिहानदेखि बेलुकासम्म खाजा घरमा व्यस्त हुन्छिन् । उनलाई कुनै बेला त बोल्ने समेत फुर्सद हुँदैन् । उनको खाजा घरमा नास्ता खान खान आउनेको भीड लाग्ने गरेको हुन्छ ।

पहिले चटपटे बेच्ने गरेकी सपनाले २ वर्षदेखि ‘सपनाको सपना खाजा घर’ खोलेर व्यवसाय गर्न थालेको बताइन् । उनले भनिन् ‘पहिले चटपटे बनाएर बेच्ने गरेकी थिए । त्यसबाट कम आम्दानी हुन थाल्यो । त्यसपछि खाजाघर खोल्ने सोँच बनाए ।’

खाजाघर खोल्ने योजना भएपनि लगानी नहुँदा उनको योजनाले सार्थकता पाएको थिएन् । उनले भनिन् सोँच त व्यापार बढाउने थियो । तर आफूसँग लगानी थिएन् । लगानी बिना व्यापार बढाउने सम्भव थिएन् ।’

उनले भनिन् ‘पहिले चटपटेको व्यापार गर्दा हिमशिखर सहकारीमा खाता खोलेकी थिए । अनि हिमशिखरबाट ऋण लिएर खाजाघर सञ्चालन गरेकी हुँ । व्यवसाय बढाउनमा हिमशिखरको सहयोग मिलेको छ । त्यसका लागि धन्यवाद पनि दिन चाहान्छु ।’

अहिले सटर भाडामा लिएर खाजाघर सञ्चालन गरिरहेको बताउँदै उनले आम्दानी पनि राम्रै हुने गरेको बताइन् । उनले भनिन् ‘मैले चाउमिन,राइस,पकौडा,चटपटेलगायतका नास्ता बनाउने गरेकी छु । दैनिक छदेखि सात हजारसम्म आम्दानी हुन्छ ।’

उनले भनिन् ‘अहिले त फुर्सद पनि पाउन गाह्रो हुन्छ । पहिलेभन्दा व्यापार राम्रै चलेको छ । तीन जनाको परिवार छ । सहकारीको किस्ता,सटरभाडा,कोठा भाडा,सबै घरखर्च यसै व्यापारबाट धानेकी छु ।’ नास्ता पसलको आम्दानीले आफू सन्तुष्ट रहेको तथा स्वरोजगार बनिएको उनको भनाइ छ ।

मेहनत सबै भन्दा ठूलो कुरा भएको बताउँदै सपनाले परिश्रम गरे आफ्नै देशमा पनि राम्रै आम्दानी गर्न सकिने तथा रोजगारीका लागि विदेशिन नपर्ने बताइन् । सपना सानो लगानीबाट पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बनेकी छन् ।



बिहिबार २६, चैत २०८२ ०४:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal