पेपरलेस बन्दै धनगढी उपमहानगरपालिका

युग संवाददाता     56 पटक पढिएको    

पेपरलेस बन्दै धनगढी उपमहानगरपालिका

 

धनगढी   कैलालीको धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’को अवधारणा अघि सारेको छ। प्रशासनिक कामकारबाहीलाई सरल र छिटो तथा जनतालाई सहज सेवा दिने उद्देश्यले ‘पेपरलेस धनगढी’ को अवधारणा अघि सारिएको उपमहानगरले जनाएको छ।


धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले यस अवधारणाले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको बताए। आईतबार उपमहानगरमा गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख हमालले डिजिटल प्रणाली लागू भएमा घरै बसीबसी सेवा लिन सकिने बताए।

पेपरलेस सेवा अन्तर्गत जन्मदर्ता, नागरिकता लगायत विभिन्न सिफारिसहरु, दर्ता तथा नवीकरणजस्ता सेवाहरूलाई क्रमश अनलाइनमार्फत उपलब्ध गराउने तयारी भइरहेको धनगढी उपमहानगरपालिकाका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टले बताए। स्थानीय सरकारका विभिन्न सेवा प्रणली, सूचनाहरुलाई एउटै प्लेटफर्ममा एकिकृत गरी नागरिकलाई छिटो, पारदर्शी र सहज सेवा प्रदान गर्ने सूचना प्रविधि प्रणाली ९युडिजीपी० आफूहरुले विकास गरिरहेको उनले बताए।

युएनडिपीसंगको साझेदारीमा उक्त प्रणाली तयार गर्न लागिएको उनले बताए। पहिलो चरणकोे काम आगामी असार पहिलो हप्ता सक्ने तयारी रहेको भट्टको भनाई छ। पहिलो चरण अन्र्तगत नागरिक इ(केवाइसी,मोड्युल, सिफारीस मोड्युल र फाइल ट्रयाकिङ मोड्युलको विकास गरिने उनले बताए।
पहिलो चरणको विकासको काम सकेलगत्तै युडिजीपी प्रणाली लागू गरिने उनले बताए। युडिजीपी प्रणाली लागू भएपछि धेरै सेवाहरु अनलाइन बाट प्रवाह हुने भएकोले कम साक्षरता भएका नागरिकहरुका लागि सहायता डेस्क स्थापना गरिने उनले बताए।

पहिलो चरण सम्पन्न पछि ६ महिनाभित्र सम्पन्न गर्ने गरी दोस्रो चरणको प्रणाली विकासको काम सुरु गरिनेछ। दोस्रो चरण अन्र्तगत इ(सिग्नेचर मोड्युल,डिजिटल अभिलेख व्यवस्थापन प्रणाली, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन मोड्युल,कार्यालय विवरण, सार्वजनिक सूचना मोड्युल लगायतको विकास गरी लागू गरिनेछ। यस प्रणालीले पेपर बोकेर कोठा(कोठा धाउन नपर्ने र डिजीटल माध्यमबाट कागज रहित र नागरिक केन्द्रित सेवाप्रदान गर्नेगरी आफूहरुले प्रणाली विकास गर्न लागेको उनले बताए।


घर बसेर नै जन्मदर्ता, नागरिकता सहित विभिन्न सिफारिसहरु, दर्ता तथा नवीकरणजस्ता कागजात प्राप्त गर्न सकिनेछ, उनले भने(कुनै कागजात अपुग भएमा वा कुनै अन्य समस्या देखिएमा सेवाग्राहीको मोबाइलमा नोटिफिकेशन तथा म्योसज आउँछ र सोहीअनुसार सेवाग्राही अघि बढ्न सक्छन्। सो प्रणाली लागू भएमा सेवाग्राहीले मोबाइलमै आफ्नो कागजात प्राप्त गर्ने र हार्डकपी चाहिएमा मात्रै वडा वा पालिका आउनुपर्नेछ। सेवा प्रवाहकाक्रममा कुनै गुनासो भए पनि सो सफ्टवयर मार्फत नै राख्नसकिने व्यवस्था रहेको सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख भट्टले बताए।



बुधबार १८, चैत २०८२ ०७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal