धनगढी – कैलालीबाट चोरी मुद्दाका ४ फरार प्रतिवादी पक्राउ परेका छन । आइतबार जिल्ला अदालत कैलाली चोरी मुद्दामा कैद सजाय र जरिवाना ठहर गरेका धनगढीका ४ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएका धनगढी–१४ डि गाँउ बस्ने २३ वर्षीय आसबिन पौडेल क्षेत्री, धनगढी–१४ डि गाँउकै २२ वर्षीय आशिष सुनार, चोरी मुद्दामै २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी–३ बस्ने २१ वर्षीय सुबिर डगौरा र सोही ठाउँकै २४ वर्षीय राज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस