धनगढी । यही भदौ २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी बढेको छ । दुई वटा टिम प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
आज धनगढीमा एक कार्यक्रमका बीच अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझाले प्यानल घोषणा तथा चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट,उद्योग उपाध्यक्ष बासुदेव भट्ट, एशोसियट उपाध्यक्षमा मनोज अग्रवाल,वाणिज्य उपाध्यक्षमा गगनराज केसी,बस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अब्बु) रहेका छन् ।
त्यस्तै, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्ट रहेका छन ।
सदस्यहरुमा अजय पाण्डेय, बमबहादुर कुँवर,ध्रुबराज दाहाल, कमला भट्टराई,पदमबहादुर सिंह, प्रजापति जोशी ‘प्रकाश’, रेखा बास्तोला, सुरजबहादुर रैका, सुरेश सापकोटा,तर्कराज भट्ट, टेकबहादुर खड्का, बिन्दु सुनार र अनुप भण्डारी रहेका छन् ।
हिजो मात्रै अध्यक्ष पदका अर्का उम्मेदवार रुपेश स्वाँरले प्यानल घोषणा गरेका थिए । संघको निर्वाचनमा यी दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ ।
प्रतिकृया दिनुहोस