कैलाली कारागारका जेलर फेरिए

युग संवाददाता     163 पटक पढिएको    

कैलाली कारागारका जेलर फेरिए

धनगढी: कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो । भुसाल दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए । शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।

 

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ । उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ । शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ ।

 

यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।



आइतबार २६, साउन २०८२ ०५:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal