धनगढी- कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीवार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ। लगातार कुटाकुट भइरहेकाे भए पनि सुरक्षा लापरवाही देखिएकाे छ ।
कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको स्रोतले बताएको छ। मृतकको विवरण भने अहिले सार्वजनिक गरिएको छैन।
कुटपिट हुँदा ४६ जना घाइते भएका जनाइएको छ। झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ।
कारागार परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रतिकृया दिनुहोस