धनगढी । धनगढी रहेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचन भदौ २८ गते हुने भएको छ । शुक्रबार बसेको संघको बैठकले आउदो भदौ २८ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
जसका लागि निर्वाचन समिति समेत गठन गरिसकेको बताईएको छ । निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। लोकबहादुर बिष्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको संघका प्रेस सल्लाहकार हिमाल जोशीले जानकारी दिए ।
बैठकले निर्वाचनका लागि सदस्यता नविकरण भदौ १३ गते सम्म राख्ने निर्णय गरेको उनले बताए । हाल संघको अध्यक्षमा पुष्पराज कुँवर रहेका छन् । २०७९ जेठ २८ गते कुँवर नेतृत्वमा निर्वाचित कार्यसमितिको तीन बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।
प्रतिकृया दिनुहोस