धनगढी । कञ्चनपुुरमा छाउ गोठमा सुतेका बेला सर्पले टोक्दा एक युवतीकाे मृत्यु भएको छ ।
कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला सर्पले टोकेर गम्भीर घाइते भएकी २८ वर्षीया कमला आउजीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले शुक्रबार राति साढे १२ बजेतिर घरभित्र सुतिरहेको अवस्थामा आउजीलाई सर्पले टोकेको बताए । सर्पले बाँया गालामा टोकेपछि गम्भीर भएकी आउजीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको डीएसपी बोहराले बताए । तर उनलाई छाउ गोठमा सुतेका बेला सर्पले टोकेको कुरा भने आधिकारीक रुपमा जानकारी नभएको बोहराले बताए । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले भने आउजीलाई छाउ गोठमा सुतेका बेला सर्पले टोकेको पाइएको बताए ।
ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलाएपनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताए ।
प्रतिकृया दिनुहोस