कञ्चनपुर / कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका किसानहरू पछिल्लो समय परम्परागत खेतीभन्दा फरक र लाभदायी विकल्पका रूपमा मुम खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तह तथा कृषि प्राविधिकको सहयोगमा शुरु गरिएको यो खेतीले कृषकहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । मुम एक प्रकारको जलकुण्डीय वनस्पति हो, जुन पोषक तत्त्वले भरिपूर्ण छ र मुम मानिसहरुले दालका रुपमा प्रयोग गर्नुका साथै गाईभैंसीको आहारका लागि समेत उपयोग गर्ने गरेका छन् । किसानहरू मुम उत्पादन गरेर बिक्रि वितरण गरिरहेका छन् । जसबाट आर्थिक उपार्जन सगैं जैविक मल समेत उत्पादन गर्न सफल भएका छन् ।
कृष्णपुर नगरपालिका वडा नम्बर –६ का किसान मुनादेवी भट्टले मुम खेती राम्रो उत्पादन भएको बताइन् । गहुँ काटिसकेपछि मुम छरेका हौँ, तिन महिना नपुग्दै पाकिसक्यो उनले भनिन् “अब रोपाई गर्नका लागी मुम भित्र्याइरहेका छौँ, जमिन खाली रहने समयमा यो खेती लाउन मिल्छ, आफुले दालका रुपमा प्रयोग गर्न पाइयो र बजारमा बिक्रिपनि गर्न सकियो यो खेती राम्रै लागेको छ ।” “मुम गाईभैंसीलाई खुवाउँदा दूध उत्पादन बढ्ने गरेको छ, सँगै मल उत्पादन पनि हुने भएकाले अब रासायनिक मलमा धेरै खर्च गर्नु पर्दैन ।”
कृष्णपुर नगरपालिका वडा नम्बर –१ का चुडामणी भट्टले मुम खेती बिगत ९ बषैदेखी गरिरहेको बताए । मुमलाई दालको रुपमा प्रयोग गर्न पाएका छौँ, उनले भने “यो खाली समयको सदुपयोग गरेर मुम खेती गरिरहेका छौँ, दालका रुपमा त प्रयोग गरिरहेका छौँ यसका साथै गाईभैंसीका आहारका लागी घाँस बन्छ र यसबाट महत्वपुर्ण मल बन्छ, यसले उर्बराशक्ती बढाउँछ, माटोमा चिस्यान बनाउँछ, रसायनिक मल भन्दा मुम खेती गरेर यसैबाट उत्पादन भएको हरियो मल उपयोगमा जोड दिए सबै किसानका लागी राम्रो हुन्छ ।”
कृष्णपुर नगरपालिकाका कृषि शाखा प्रमुख लाल बहादुर धामीका अनुसार, मुम खेतीले पशुखाद्यमा आत्मनिर्भरता ल्याउनुका साथै माटोको उर्वराशक्ति बढाउने काममा पनि सहयोग पु¥याउँछ । “यसले खर्च घटाउँछ, आम्दानी बढाउँछ र वातावरणमैत्री खेतीलाई प्रोत्साहन गर्छ,” उनले थपे ।
नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमपछि धेरै किसानले आफ्नै खेतमा मुम खेती विस्तार गरिरहेका छन् । नगरपालिकाले प्रति कठ्ठा एक हजार रुपयाँका दरले उत्पादनमा आधारित अनुदान समेत दिदै आएको छ । विशेषगरी जैविक मल निर्माणमा यसको उपयोगिताले किसानहरूलाई रासायनिक मलबाट मुक्त गर्दै दीगो कृषि प्रणालीमा योगदान पु¥याएको छ ।
कृष्णपुर नगरपालिकाले आगामी दिनमा मुम खेतीलाई कृषिजन्य कार्यक्रममार्फत थप प्रोत्साहन गर्ने योजना बनाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस