धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडेलाई पक्राउ गरिएको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले न्यु लामिछाने कन्ट्रक्सन कम्पनीको भित्रि कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा हानेको थियो ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा पुगेको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का ३१ वर्षीय सन्तोष कामी, वडा नं। ८ का ६२ वर्षीय जयबहादुर कार्की, वडा नं। १ का ४२ वर्षीय रमेश साउद र ३५ वर्षीय पुष्प बिष्ट, वडा नं। ५ का ४१ वर्षीय लालबहादुर केसी, वडा नं। ७ का ३६ वर्षीय खडकबहादुर शाही, वडा नं। ६ का ३२ वर्षीय भुवन बोहरा, वडा नं। ८ का ४२ वर्षीय भरत बिक, वडा नं। १ का ३४ वर्षीय कृष्ण कुँवर, वडा नं। ८ का ५० वर्षीय तुलाराम बिष्ट, वडा नं। १ का ३४ वर्षीय राजेन्द्र साउद र वडा नं। ८ का ५२ वर्षीय नन्दलाल राना रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
प्रतिकृया दिनुहोस