कैलालीमा चार जना लागुऔषधसहित पक्राउ

युग संवाददाता     127 पटक पढिएको    

कैलालीमा चार जना लागुऔषधसहित पक्राउ

 


धनगढी। कैलालीबाट चार जना लागु औषधसहित पक्राउ परेका छन् । जिल्लाको धनगढी र टीकापुर क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका हुन् ।


धनगढी उपमहानगरपालिका(३ सहिद गेटबाट २७ वर्षीय जीवन चौधरी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१३ का चौधरीलाई २ ग्राम पाँच सय २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । अस्थायी प्रहरी चटकपुरको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

कैलालीको टीकापुर नगरपालिका ९ खक्रौला चेकपोष्टबाट १८ वर्षीय र १५ वर्षीय किशोरहरु पक्राउ परेका छन् । टीकापुर नगरपालिका–१ बाट सात सय ५० मिलिग्रा खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले पक्राउ गरेको छ । यस्तै, धनगढी उपमहानगरपालिका–१० घुइयाँघाटबाट २२ वर्षीय कोसरोज राना पक्राउ परेका छन् । एक सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।



शनिबार ०७, असार २०८२ ०५:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal