धनगढी । धनगढी उपमहानगरपालिकाले संचालन गर्न थालेको सीप तथा रोजगार मेलाको तयारी अन्तिम चरणमा पुग्न थालेको छ ।
धनगढी १ मा रहेको खुल्ला मञ्चमा यही फागुन ८ देखि १५ गते सम्म संचालन हुने सो मेलाका लागि स्टल निर्माणको काम अन्तिम चरणमा पुग्न थालेको हो ।
३५ वटा स्टल मध्ये २९ वटा स्टल व्यवसायिक रहेको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका सुदूरपश्चिम प्रदेश महासचिव आशिष बमले निशाना न्युजलाई जानकारी दिए ।
सुुदूरपश्चिमका ८८ वटै स्थानीय तहको सहभागिता रहने जनाएको छ । मेलामा तालिम लिने १ हजार १२२ जना रहने उनले बताए । ५ हजारले आवेदन दिएका मध्येबाट सो संख्या छनौट गरिएको उनले वताए ।
प्रतिकृया दिनुहोस