अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते उपचारका लागि काठमाडौं पठाइयो

युग संवाददाता     107 पटक पढिएको    

अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते उपचारका लागि काठमाडौं पठाइयो

 

धनगढी । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो

इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ । उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।

ण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो। घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए।

सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।



शनिबार ०३, फागुन २०८१ १०:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal