धनगढी माघ २७ / नेपाली काँग्रेस की केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा ः आरजु राणा देउवाले आज धनगढीमा रहेका ६ वटा विकास निमार्णका योजना र विद्यालयको ८ कोठे भवनको उद्घाटन तथा शिलान्यास गरेकी छन् । धनगढी उपहानगरपालिकाले सम्पन्न गरेका र हुन बाँकी विकास निमार्णाका योजनाहरु उद्घाटन तथा शिलान्यास गरेको हो ।
हरेक दिन बिहानैदेखि बेलुकासम्म उद्घाटन,शिलान्यास र भेटघाटमा ब्यस्त छन्। माघ २५ गते धनगढीमा सम्पन्न नेपाली काँग्रेस कैलालीको जिल्ला सम्मेलनमा प्रमुख अतिथि रहेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्रमन्त्री देउवा त्यसयता लगातार आफ्नै निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न वडाका कार्यक्रममा मन्त्री देउवाको सहभागिता रहेको छ ।
उनले केही समय अघि मात्र आगामी २०८४ को निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचन लडने घोषणा गरिसकेकी छन। अहिले उनी आफुले निर्वाचन लडने निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगेर विकास आयोजनाका सिलान्यास, उद्घाटन देखि विभिन्न औपचारिक कार्यक्रममा आफ्नो बलियो सहभागिता देखाएकी छन् ।
आइतबार मात्र परराष्ट्रमन्त्री देउवा बिहान ९ बजे देखि ५ बजे सम्म विभिन्न ७ वटा कार्यक्रममा प्रमुख अतिथी बनेकी छन। उनी भोक भोकै बिहानै देखि दिनभर धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर सिलान्यास देखि उद्घाटनमा सहभागी बनेकी हुन।
आईतबार बिहान ९ बजे नेपाल विद्यार्थी संघ कैलालीले धनगढीबाट सुरु गरेको लागू औषध दुर्ब्यसन बिरुद्दको र्यालीको उद्घाटन गरि सहभागीता जनाएकी परराष्ट्रमन्त्री देउवाले बेलुका ५ बजे सुदूरपश्चिम खेलकुद परिषदले आजबाट धनगढीमा सुरु गरेको खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गरेकी हुन।
बिहान ९ बजेदेखि नै परराष्ट्रमन्त्री डा ः आरजु राणा देउवाको कार्यक्रममा व्यस्ता
नेपाल विद्यार्थी संघले आयोजना गरेको लागुऔषध विरुद्धको पैदल यात्रामा सहभागी भए पश्चात डाः देउवा विकास निमार्णका आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी भएकी थिइन्। जस अन्तरगत धनगढी उमहानगरपालिका वडा नम्बर १९ स्थित जनप्रिय आधारभूत विद्यालयको भवन, १७ मा रहेको दमौलिया झोलुङ्गे पुल, ११ मा रहेको जोकैया पक्की पुल, २ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन डाः देउवाले गरेकी छन। आइतबार नै वडा नम्बर १६ मा रहेको बेहडाबाबा माद्यामिक विद्यालयको पक्की भवनको शिलान्यास गरेकी छन्।
प्रतिकृया दिनुहोस