कृषि क्षेत्रको अनुदानलाई व्यवस्थित बनाउँछौँ  ः मुख्यमन्त्री शाह

युग संवाददाता     67 पटक पढिएको    

कृषि क्षेत्रको अनुदानलाई व्यवस्थित बनाउँछौँ  ः मुख्यमन्त्री शाह

 

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको अनुदानलाई व्यवस्थित बनाइने बताएका छन् ।

कृषि विकास निर्देशनालय डोटीले धनगढीमा आयोजना गरेको ‘प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१’को शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘कृषि क्षेत्रको अनुदानको स्वरुप कसरी परिवर्तन गर्न सकिन्छ भनेर हामीले बिगतदेखि नै जमर्को गरेका छौँ । अनुदानलाई कसरी व्यवस्थित बनाउन सकिन्छ । वास्तविक किसानको हातमा पुग्ने गरी कसरी सकिन्छ । कसरी उत्पादन बढाउन सकिन्छ हामी त्यसमा लागेका छौँ ।’

उनले भने ‘यो देश कृषि प्रधान देश हो भन्ने पहिचान छ । त्यही हिसाबले सुदूपश्चिमलाई चिनाउन जरुरी छ । त्यस किसिमको कार्यक्रम बनाउन आवश्यक छ । हामी लागेका छौँ ।’

प्रदेशको कृषि,पशुपन्छी र मत्स्य विकासको क्षेत्रमा भएको प्रगतिको एउटा झल्को प्रर्दशन गर्ने,कृषि क्षेत्रको विकासमा हाल प्रचलित नवीन प्रविधिहरूको प्रर्दशनी,बिषय विशेषज्ञ संगको अन्तरक्रिया मार्फत थप जानकारी उपलब्ध गराउने उदेश्यले आयोजना मेलामा विभिन्न स्टलहरु राखिएका छन ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सव स्थलमा आजबाट सुरु भएको मेला प्रदर्शनी यही माघ ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा निःशुल्क प्रवेश रहेको छ ।



शनिबार २६, माघ २०८१ ०१:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal