हिजोदेखि सुरू भएको महायज्ञमा दान गर्ने दाताहरु बढ्दै

युग संवाददाता     236 पटक पढिएको    

हिजोदेखि सुरू भएको महायज्ञमा दान गर्ने दाताहरु बढ्दै

 

धनगढी । मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले हिजोदेखि पशुपति टोलमा सुरू भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा दान गर्नेहरूको उत्साहजनक सहभागिता रहेको छ ।

महायज्ञमा बिहीबार एकैदिन ६ जना दातहरूले भवनको एक कोठा निर्माणको लागि दान गरेका छन् भने बुढीगंगा नगरपालिका बाजुराले मानवसेवा आश्रम धनगढी शाखाको भवनको एक कोठा निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठ्ठीले स्वर्गीय बुवा मदनसिंह सेठ्ठीको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि रु ६ लाख ५१ हजार १ सय १५ र उनकी धर्मपत्नी रमा स्वाँर सेठ्ठीद्वारा स्वर्गीय बुवाआमा तप्तबहादुर स्वाँर र सूर्यदेवी स्वाँरको स्मृतिमा एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेको आश्रमले जनाएको छ ।

धनगढी उपमहानगरपालिक–२ स्थित माया मेट्रो अस्पताल प्रालिका सञ्चालन धिरेन्द्र साउँदले स्वर्गीय हजरबुवा दानबहादुर साउँद र हजुरआमा मीनादेवी साउँद र स्वर्गीय ठूलीआमा चम्पादेवी साउँदको स्मृतिमा ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेको आयोजकले जनाएका छ ।

धनगढी उपमहानगरपालिका–४ बस्ने पदम भण्डारीले स्वर्गीय बुवाआमा वीरबहादुर भण्डारी र लक्ष्मीदेवी भण्डारीको स्मृतिमा भवनको एक कोठा निर्माण सहयोगार्थ ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेका छन् ।

त्यस्तै धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने थिरबहादुर स्वाँर र शिल्पादेवी स्वाँरले भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ र वडा नं।५ बस्ने सिद्धराज भट्टले पनि भवन एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ महायज्ञमा दान गरेका छन् ।

धनगढी उपमहानगरपालिका–३ बस्ने सोम ढकाल र पद्मा ढकालले भवन निर्माणका लागि ५५ हजार ५ सय ५५ रूपैयाँ, वडा नं। ४ बस्ने चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगतनाथ पनेरूको स्मृतिमा वृद्धभत्ताको रकमबाट रु ५१ हजार ५ सय ५५,धनगढी उपमहानगरपालिका– ११ बस्ने कृतिका उपाध्यायले ५ हजार १ सय ५५ रूपैयाँ र उद्यमीशील आमा समूहद्वारा भवन निर्माण सेवाका लागि १५ हजार ५ सय ५५ रूपैयाँ योगदान गरेका छ ।

मानवसेवा आश्रम धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी–५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो । यस शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।

मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरीय भवनको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा २ विगाह जग्गामा निर्माण कार्य सुरु भइसकेको छ । मानवसेवा आश्रमले धनगढी शाखाको भवन निर्माण गरी सेवाको स्थायित्वको लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गरेको आयोजकले जनाएको छ ।

हिजोदेखि सुरू भएको महायज्ञ माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।



बिहिबार २४, माघ २०८१ १२:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal