सरकारले दुई तिहाईको घमण्ड गरे सडकमा जान्छौँ ः प्रचण्ड

युग संवाददाता     160 पटक पढिएको    

सरकारले दुई तिहाईको घमण्ड गरे सडकमा जान्छौँ ः प्रचण्ड


 

धनगढी / पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन् । कैलालीको धनगढीमा दुई दिने परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारलाई चेतावनी दिएका हुन् । अध्यक्ष दाहालले पार्टी भित्र कुनै समस्या नरहेको भन्दै अब सदन र सडकबाट सरकारका गलत क्रियाकलापको कडा रुपमा प्रतिवाद गर्ने बताएका थिए । बुधबार र बिहिबार धनगढीमा सुदुरपश्चिम प्रदेशमा रहेका माओवादी केन्द्रिय सदस्य र प्रदेश पदाधिकारीको सयुंक्त बैठक सम्पन्न भयो । पार्टी अध्यक्ष पस्पकमल दाहाल ९प्रचण्ड० सहित १० जना पदाधिकारी सुदुरपश्चिम पुगेका थिए । दुई दिनसम्म चलेको बैठकपछि अध्यक्ष दाहालले धनगढीबाटै सरकारलाई चेतावनी दिएका हुन् । दाहालले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका हुन् । सरकारको सुरुवाती लक्षणनै राम्रो नदेखिएको भन्दै गतल क्रियाकलापका बिरुद्ध सडकमा उत्रिन बाध्य हुने दाहलको भनाई छ ।


अहिले यो सरकार सबिंधान मिच्ने खालका गतिबिधिमा लाग्दै छ दाहालले भने “गणतन्त्र, धर्म निरपेक्षता, सघिंयता सुन्दा मओवादी मात्रै नजर आइरहेको छ, काग्रेंस एमालेलाई त्यस कारण यो परिवर्तन उल्ट्याउने प्रयास भइरहेको छ, हामी त्यसको सदन र सडकबाट प्रतिवाद गर्छौ, सडकमा जानका लागीपनि हामी तयार छौँ ।” अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने पनि बताए । उनले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताए । सरकार माफियाकै घरमा बनेको बताउँदै दाहालले माफियाकै इसारामा चलेको आरोप लगाए । अध्यक्ष दाहालले पार्टी फुट्छ भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताए । पार्टी फुट्ने हल्ला निराधार भएको भन्दै उनले त्यो हल्लालाई खारेज गरिसकेको बताए । माओवादी घटकसंग पनि एकता वार्ता चलेको उनले बताए ।


सुदुरपश्चिम प्रदेशको ससंदिय दलमा देखिएको बिवाद हल हुने गरी निर्णय गरेको अध्यक्ष दाहालले बताएका छन् । पार्टी केन्द्रको निर्णय अनुसार खगराज भट्टलाई दलको नेता बनाउने निर्णय भएको उनको भनाई छ । धनगढीमा सम्पन्न बैठकमा पार्टी नेतृत्व परिवर्तनको बिषयले समेत प्रवेश पाएको थियो । पार्टी श्रोतका अनुसार जनार्दन सर्मा, ओनसरी घर्ती लगायतका नेताहरुले नेतृत्व परिवर्तन सम्बन्धी उठाएको बिषयले धनगढीको बैठकमापनि प्रवेश पाएको थियो । तर अध्यक्ष दाहालले हाल त्यसो कुनै बिषय नरहेको र सबै प्रदेशको सुझावपछि केन्द्रिय समिति बैठक राखिने बताएका छन् । 



बिहिबार १३, भदौ २०८१ ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal