गिरीले खाल्डोमा लुकाएका चोरीका  गरगहना  भेटिए

युग संवाददाता     195 पटक पढिएको    

गिरीले खाल्डोमा लुकाएका चोरीका  गरगहना  भेटिए

 

धनगढी । धनगढी उपमहानगरपालिका–४ का शिक्षक योगेन्द्र ओझाको घरबाट चोरी गरिएका सुनका गरगहना खाल्डोमा लुकाएको अवस्थामा फेला परेको छ । नगद, सुन र चाँदीका गरगहना चोरी गरेका धनगढी उपमहानगरपालिका–१८ फुलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीले धनगढी उपमहानगरपालिका–१ मा खाल्डोमा लुकाएको अवस्थामा गरगहना फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले शिक्षक ओझाको घरबाट गिरीले चोरी गरेको सुनको एउटा नौगेडी, २ वटा मंगलसुत्र, ३ वटा सुनका माला, एउटा बाला र १६० वटा टप खाल्डोमा गाडिएको अवस्थामा भेटिएको जानकारी दिए ।

प्रहरीले घटनास्थल कार्य सकेर उक्त गरगहना बरामद गरेको छ । बुधबार शिक्षक ओझाको घरमा कोही नभएको मौका पारेर ओझाले ढोका फुटाएर चोरी गरेका थिए ।

चोरी मुद्दामै पाँच वर्ष कैद सजाय भुक्तान गरेर १७ साउनमा कैलाली कारागारबाट छुटेका गिरीले ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेका थिए ।

गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिसकेको थियो ।
गिरीलाई चोरी मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



शनिबार २६, साउन २०८१ १०:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal