धनगढीमा नगर बस संचालनका लागी  चलाउन बोलपत्र आह्वान

युग संवाददाता     696 पटक पढिएको    

धनगढीमा नगर बस संचालनका लागी  चलाउन बोलपत्र आह्वान

धनगढी । धनगढीमा नगर बस चलाउन बोलपत्र आह्वान गरिएको छ। नगर बस चलाउन मंगलबार धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको हो। फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउन उपमहानगरले बोलपत्र आह्वान गरेको हो।

नगर बसका रुपमा चलाउन ६ वटा बसलाई १० वर्षका लागि ठेक्का लगाउन ३० दिने सूचना निकालिएको छ। वार्षिक न्यूनतम ठेक्का मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार तोलिएको छ। बस सेवा सञ्चालनको ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई बोलपत्र पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ।



बुधबार ०२, साउन २०८१ ०१:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal