धनगढीका मेयर वडले गरे नगरविकास समिति अध्यक्षको पदभार ग्रहण

देश

Yugnepal     949 पटक पढिएको    

धनगढीका  मेयर वडले गरे नगरविकास समिति अध्यक्षको पदभार ग्रहण

 मेयर वडले गरे नगरविकास समिति अध्यक्षको पदभार ग्रहण

धनगढी,९ जेठ– धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी नगरविकास समिति धनगढीको पनि पदभार ग्रहण गरेका छन् ।
आज एक कार्यक्रमका बिच नगरप्रमुख वडले अध्यक्षको पदभार ग्रहण गरेका हुन । अव नगरविकास समितिको रेखदेख र नियमन गर्ने जिम्मेवारी नगरप्रमुखको काँधमा आएको छ । त्यसैगरी नगरविकास समितिको प्रशासनिक जिम्मेवारी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको काँधमा परेको छ ।
धनगढी नगरविकास समितिको पदभार ग्रहण गर्दै नगरप्रमुख वडले सबैभन्दा पहिले यस अघिका समितिहरुले गरेका निर्णयहरु हेर्ने र सम्भव निर्णयहरुलाई कार्यान्वयन गरिने बताए । भूमि ब्यबस्थापन सम्वन्धी कानुन चाँडो ल्याउन प्रदेश सरकार संग अनुरोध गर्ने छौं नगरप्रमुख वडले भने,‘त्यसपछि नगरको भूमीको ब्यबस्थापन गर्ने छौं ।
धनगढी नगरविकास समितिको पहिलो बैठकले मिति २०७५ चैत १९ को खण्ड ६८ अतिरिक्ताङ्क ३७, राजपत्र भाग दुई अनुसार समिति पूर्ण बनाउने निर्णय समेत गरेको छ ।



बिहिबार ०९, जेठ २०७६ ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal