नयाँ सरकार गठन नभएसम्म प्रचण्डकै मन्त्रिपरिषद्ले कार्य गर्ने

युग संवाददाता     142 पटक पढिएको    

नयाँ सरकार गठन नभएसम्म प्रचण्डकै मन्त्रिपरिषद्ले कार्य गर्ने

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद्  गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन् । राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा ९३० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने गरी तोकेको उल्लेख छ ।

“प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा ९३० बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको छ”, विज्ञप्तिमा उल्लेख छ ।



शुक्रबार २८, असार २०८१ ०२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal