भन्सार छलीका सामान बरामद

युग संवाददाता     273 पटक पढिएको    

भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको धनगढीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–४ बसपार्क, धनगढी उपमहानगरपालिका–१५ हुलाकी सडक खण्ड, टीकापुर नगरपालिका–७ सोनफाटा र भजनी नगरपालिका– ५ गुलरीया घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७२ हजार ६ सय २५ मूल्य बराबरको प्याज, चिनी, सुर्ती, कालो नुन, मल, खाने तेल, पेय पदार्थ, उलन सुट, सुटपिस, कुर्ता सुरवाल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।



आइतबार १६, असार २०८१ ११:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal