कैलालीमा चट्याङबाट २ जनाको मृत्यु ६ जना घाईते

युग संवाददाता     245 पटक पढिएको    

कैलालीमा चट्याङबाट  २ जनाको मृत्यु  ६ जना घाईते

 

 धनगढी असार १२  कैलालीमा चट्याङबाट  २ जनाको मृत्यु ६ जना घाईते  भएका छन्   ।  कैलाली जोशीपुरको  भितरिया बस्ने बर्ष ३१ को जयराम डगौरा आफ्नै खेतमा आलि बनाउने क्रममा चट्याङ लागी घाईते भई उपचारको लागि आफन्तले स्थानिय महापार्वती क्लिनिकमा ल्याएकोमा उपचार क्रममा मृत्यु भएको, 
 जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  धनगढी उप महानगरपालिका १८ँ गाँउ बस्ने बर्ष २७ को शालिम चौधरी  घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागी घाईते भई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचारकै क्रममा मृत्यु भएको छ  भने घाईते हुनेमा जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं  ०४ बेलपुरमा बस्ने बर्ष २९ की रिता कठरिया,  वर्ष २३ की सुस्मा डगौरा, भजनी नगरपालिका  ०६ बस्ने बर्ष ५५ को राम बहादुर चौधरी,  घोडाघोडी नगरपालिका ०९ बुदेनी बस्ने वर्ष ९ की सरस्वती भुल, वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत  घाईत भएको  जिल्ला प्रहरी कार्यालयले  जानकारी दिएको छ । 



बुधबार १२, असार २०८१ ०५:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal