प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

युग संवाददाता     177 पटक पढिएको    

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं   प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संसद‍‍्मा बजेट प्रस्तुत गरेको थियो ।

प्रतिनिधिसभमा जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल चलेको थियो ।



मङ्गलबार ११, असार २०८१ ०९:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal