उपेन्द्र यादवको रिट हेर्न भ्याइएन, बुधबारलाई पेशी

युग संवाददाता     277 पटक पढिएको    

उपेन्द्र यादवको रिट हेर्न भ्याइएन, बुधबारलाई पेशी


धनगढी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको मुद्दा अन्तिममा पेशी रहेको थियो । ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेशी रहेको थियो ।

यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी मङ्गलवारका लागि सरेको छ भने प्रधानमन्त्रीले विश्वासको मत लिएका छन् । प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन् ।

यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए । यादवले राई पक्ष हाल कुनै पनि दलमा नरहेकाले विश्वासको मत दिन नमिल्ने जिकिर गरेका थिए ।

अब मंगलबार मात्र यो विवादमा सुनुवाइ हुँदै आदेश हुने छ। मङ्गलवार हुने सुनुवाइमा यसको औचित्यमाथि पनि बहस हुने छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेकाले रिट खारेज पनि हुनसक्ने सम्भावना देखिन्छ । त्यस्तै मङ्गलवार नै यादवले दायर गरेको दल विभाजनको मुद्दाको पनि पेशी तोकिएको छ।



मङ्गलबार ०८, जेठ २०८१ ०१:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal