सरकारबाट बाहिरिए उपेन्द्र भने जसपा प्रचण्डले फुटाए

युग संवाददाता     163 पटक पढिएको    

सरकारबाट  बाहिरिए उपेन्द्र भने जसपा प्रचण्डले फुटाए

 

धनगढी । जनता समाजवादी पार्टी जसपा नेपाल दुई महिनामै सरकारबाट बाहिरिएको छ । जसपा नेपाल गत फागुन २७ गते प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । यादवले भने जसपा पाटी प्रचण्डले फुटाएको हो । जसपाको अध्यक्ष उपेन्द्र यादबले प्रचण्डलाई आरोप लगाएका छन् ।

जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले फागुन २७ मा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रूपमा पद तथा गोपनीयता लिएका थिए ।

सोही दिन जसपाबाट नवलकिशोर साह सुडीले पनि वन तथा वातावरणमन्त्रीको रूपमा शपथ लिएका थिए भने दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री बनेका थिए । जसपा नेपालभित्र विभाजन आएसँगै पार्टी सरकारबाट बाहिरिएको हो। विभाजनकै बिच मधेस प्रदेशसभा एमाले र माओवादी केन्द्रले जसपा नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै जसपा नेपाल केन्द्रीय सरकारबाट बाहिरिन बाध्य बनेको थियो ।


जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणका रहेका बेला वैशाख २३ गते नेता अशोक राईले पार्टी विभाजन गरेर नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसको भोलिपल्ट निर्वाचन आयोगले नयाँ दल जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको थियो ।

पार्टी विभाजन भएको कारण देखाउँदै यादवले स्वदेश फर्किने बित्तिकै राजीनामा दिने आङ्कलन गरिएपनि उनी हालसम्म सरकारमै रहेका थिए । तर, आइतबार मधेसमा विकसित घटनाक्रमपछि सोही दिन बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

जसअनुसार यादव र राज्यमन्त्री कार्कीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका हुन् । अशोक राईतिर लागेका सुडी भने सरकारमै छन् ।

यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु । आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य तोडेर एमालेसँग सहकार्यको हात अघि बढाउने निर्णय गरेसँगै यादव नेतृत्वको जसपा नेपाल सरकारमा सहभागी भएको थियो । तर, विकसित राजनीतिक घटनाक्रमसँगै दुई महिनामै जसपा नेपाल सिंहदरबारबाट बाहिरिन पुगेको छ ।



सोमबार ३१, बैशाख २०८१ ०२:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal