धनगढीबाट मोटरसाइकल चोर्ने दुई जना पक्राउ

युग संवाददाता     178 पटक पढिएको    

धनगढीबाट मोटरसाइकल चोर्ने दुई जना पक्राउ

 

धनगढीः मोटरसाइकल चोरी गर्ने दुई युवक कैलालीको धनगढीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले धनगढी उपमहानगरपालिका–१४ को बी गाउँबाट सुदूरपश्चिम प्रदेश ०१००१० प १९३५ नम्बरको चोरीको मोटरसाइकलसहित दुई युवकलाई पक्राउ गरेको हो। भजनी नगरपालिका–२ का २२ वर्षीय रवि चौधरी र २० वर्षीय रोहित चौधरी पक्राउ परेका छन्।

दुबै युवकले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१००९ प ९९३३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सोमबार ३१, बैशाख २०८१ ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.