प्रचण्ड र ओलीसँगको वार्ता सकारात्मक नभएपछि उपेन्द्र सरकारबाट बाहिरिने तयारीमा

युग संवाददाता     196 पटक पढिएको    

प्रचण्ड र ओलीसँगको वार्ता सकारात्मक नभएपछि उपेन्द्र सरकारबाट बाहिरिने तयारीमा

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । माओवादी केन्द्रले मधेस सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो ।

जसपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बैठक बसिरहेका छन् ।

यादवले आइतबारै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफलसमेत गरेका थिए । छलफल सकारात्मक नभएसँगै माओवादी केन्द्रले मधेस सरकार छोडेको छ भने एमालेले पनि मधेसको सरकार छोड्ने तयारी गरेको छ ।


माओवादी केन्द्रले सरकार छोडेसँगै मधेस प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यता केन्द्रमा जसपा नेपालका प्रतिनिधि सभामा ५ सांसद रहेका छन् । ७ सांसद भने पहिले नै पार्टी फुटाएर जसपा गठन गरिसकेका छन् ।



आइतबार ३०, बैशाख २०८१ ०१:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal