कैलालीका ४ जना युवक लागूऔषधसहित नियन्त्रणमा

युग संवाददाता     504 पटक पढिएको    

कैलालीका ४ जना युवक लागूऔषधसहित नियन्त्रणमा

 

धनगढी। कैलालीका ४ युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ बुद्धचोक स्थित जन आवाज नजिकबाट २ ग्राम ५७० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन० सहित कैलारी गाउँपालिका ८ बस्ने २४ वर्षीय सन्जु चौधरी सहित तीन जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरु बस्ने कोठाबाट चामलको बोरा भित्र लुकाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित तीनैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहोराले बताए।

यसैगरि घोडाघोडी नगरपालिका–१० आमखैया जंगल स्थित १०० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित गौरीगंगा नगरपालिका–९ शंकरपुर बस्ने २८ वर्षीय अनिलबहादुर भुललाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ।भुललाई ईलाका प्रहरी सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



मङ्गलबार २७, चैत २०८० ०१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal