कैलालीमा एकै दिन ९ जना फरार प्रतिवादी पक्राउ

युग संवाददाता     207 पटक पढिएको    

कैलालीमा एकै दिन ९ जना फरार प्रतिवादी पक्राउ

 


धनगढी। कैलालीमा एकै दिन ९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका विभिन्न मुद्दाका ९ जना प्रतिवादीलाई बुधवार प्रहरीले पक्राउ गरेको हो।


फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा चोरी मुद्दामा ३५ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने भवानी प्रसादल संग्रोला, नक्कली मुद्रा सम्बन्धी मुद्दामा ४७ हजार ३ सय जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–७ बस्ने सुनिता राना, फौजदारी बिबिध मुद्दामा ३ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने रघुनाथ भट्ट रहेका छन्।


यस्तै सोही मुद्दामा ३ हजार जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–६ बस्ने चन्द्रा देवी भट्ट, लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ बस्ने जयशंकर सिंह रहेका छन्। यस्तै नकवजनी चोरी मुद्दामा २९ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–९ बस्ने दिपक राज जोशी, लागूऔषध मुद्दामा ३ महिना २१ दिन कैद सजाय ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने घनश्याम जोशी रहेका छन्।

यस्तै जारी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका–८ बस्ने शिवचरणी चौधरी र वन मुद्दामा १ लाख ५६ हजार ९८२ जरिवाना ठहर भएका कैलारी गाउँपालिका ८ बस्ने छेदुराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले पक्राउ परेकामाथी थप अनुसन्धान गरिरहेको जनाएको छ ।



बिहिबार २२, चैत २०८० ०१:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.