१ लाख ८९ हजार बढीको अबैध सामान नियन्त्रणमा

युग संवाददाता     99 पटक पढिएको    

१ लाख ८९ हजार बढीको अबैध सामान नियन्त्रणमा

धनगढी। कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले १ लाख ८९ हजार बढीको अबैध सामान नियन्त्रणमा लिएको छ। शनिबार कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्त र बेलडाँडी बाट १ लाख ८९ हजार ६ सय ६० मुल्यका अबैध सामान प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको हो ।


कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र धनगढी–९ त्रिबेणीघाटबाट प्रहरीले करिब ३० हजार ६६० मुल्यका अबैध सामान बरामद गरेको छ। प्याज, चिनी, सुर्ती, बिडी, सरफ, प्लाष्टिक झिल्ली, सुट, चक्लेट, मसला, लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।


यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ शान्ति निकेतन स्कुल नजिक, भीमदत्त नगरपािलका–११ चौकीसत्ता र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट पनि प्रहरीले अबैध सामान बरामद गरेको छ। एक लाख ५९ हजार मुल्यको तरकारी, गाडीको स्प्रे, ब्लाउजको कपडा, काजु, पापड, किरानाका सामान, हार्डवेयरका सामान, बोईलर कुखुरालगायतका अबैध सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका ति अबैध सामान बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



आइतबार १८, चैत २०८० ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.