डोटीमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु,तीन जनाको उद्दार

युग संवाददाता     156 पटक पढिएको    

डोटीमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु,तीन जनाको उद्दार

 

धनगढी। माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ । भने तीन जनाको सकुसल उद्दार गरिएको छ । शिखर नगरपालिका ९ ढुङ्गमा माटाको ढिस्कोले च्यापियर छोयाकी निर्मला रोस्याराको घटनास्थलमै मृत्यु भएकोशिखर नगरपालिका ९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए।


घटना दिउँसो तीन बजेतिर भएको र मृतकको शव राती ११ बजे स्थानिय र सुरक्षा निकायको सहयोगम निकालिएको वडाध्यक्ष भट्टले जानकारी दिए । नयाँ बर्षका घर लिप्नका लागि रातो माटो खन्ने क्रममा उनी माटोमा पुरीएको डोटी प्रहरीले जनाएको छ । माटो खन्ने तिन जना महिला सकुशल बाहिर निस्कन सफल भएका छन् । १९ वर्षीया लक्ष्मी रोस्यारा, २९ वर्षीया दिपा रोस्यारा र ३९ वर्षीया सुना भुल रहेका छन्। घाइते तीन जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।



आइतबार ११, चैत २०८० १२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.