कञ्चनपुरको बेलौरीबाट दुई जना महिला लागुऔषधसहित पक्राउ

युग संवाददाता     479 पटक पढिएको    

कञ्चनपुरको बेलौरीबाट दुई जना महिला लागुऔषधसहित पक्राउ

 

कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट दुई जना महिला लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुर बेलौरी नगरपालिका–४ शान्तिपुरबाट ९२ ग्राम ७१ मिलिग्राम लागुऔषधसहित दुई जनालाई प्रहरीले बिहीवार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँका ४८ वर्षीया प्रेमसागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



शुक्रबार ०९, चैत २०८० ०१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal