१२ वर्षिया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

युग संवाददाता     309 पटक पढिएको    

१२ वर्षिया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ


अछाम। अछामको मंगलसेन नगरपालिका - १४ मा १२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठककाअनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी छन्। आरोपित बुवालाई शनिबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए।आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको हो ।शनिबार साँझै बाबुलाई नियन्त्रणमा लिइएको छ।

र म्याद थप गरी थप अनुसन्धान भइरहेको छ,उनले भने। बलात्कृत नाबालिकको शनिबार नै स्वास्थ्य परीक्षण भइसकेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ । आमाछोरीलाई सेफ हाउसमा राखिएको छ।



आइतबार २७, फागुन २०८० ०१:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal