छुटेपछि माधवलाई ओलीको पहिलो टेलिफोन ‘तपाईलाई ल्याउने कुरा भएको छ

युग संवाददाता     98 पटक पढिएको    

छुटेपछि माधवलाई ओलीको पहिलो टेलिफोन ‘तपाईलाई ल्याउने कुरा भएको छ

 


धनगढी । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गर्दै स्वास्थ्यलाभ कामना गरेका छन् । उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए ।

अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए ।


ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए । कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार आइतबार साँझ ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो ।’


विगतमा ओली प्रचण्ड विवादमा नेपाल, झलनाथ खनाललगायत पनि विभाजित भएका थिए । एमाले फुटेर एकीकृत समाजवादी बनेयता उनीहरुबीच सौहार्दता कायम हुन सकेको छैन ।

यसअघि प्रचण्ड देउवासहित गठबन्धनमा रहेको एकीकृत समाजवादी र एमालेबीच अब नयाँ सत्ता गठबन्धन निर्माणसँगै कस्तो सम्बन्ध कायम रहला भन्ने जिज्ञासाबीच नेपाललाई ओलीको फोन गएको हो ।



बुधबार २३, फागुन २०८० ०२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.