बझाङ प्रदेशसभा १ र इलाम २ को उपनिर्वाचन वैशाख दोस्रो साता हुने

युग संवाददाता     102 पटक पढिएको    

बझाङ प्रदेशसभा १ र इलाम २ को उपनिर्वाचन वैशाख दोस्रो साता हुने

 


काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम(२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ १ मा वैशाख दोस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मिति तय गर्ने आयोग पदाधिकारीको आइतबार बैठक बस्दैछ ।

वैशाखको १५ देखि २० गतेभित्र चुनाव गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति आयोगले नै तोक्ने व्यवस्था छ । त्यसैले आयोगले दोस्रो साता तय गर्न लागेको हो । इलाम( २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ(१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो ।


संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो । स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।



आइतबार १३, फागुन २०८० ०७:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.