कैलालीमा फागुन १३ गते देखि दादुरा विरुद्धको खोप लगाइदै

युग संवाददाता     139 पटक पढिएको    

कैलालीमा फागुन १३ गते देखि दादुरा विरुद्धको खोप लगाइदै

 

धनगढी / कैलालीमा यहिँ फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन लागेको हो । स्वास्थ्य कार्यालय कैलालीले बालबालिका हरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।


नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेस्ठले जानकारी दिए । यस्तै एक हजार ९ सय २८ स्वयंमसेवक र ए।ई।एफ।आई। व्यवस्थापन तथा अनुगमनका लागी २० जनालाई परिचालन गरिने उनले बताएका छन् । प्रमुख श्रेस्ठले जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी समेत तयारी गरिरहेको बताएका छन् ।



शुक्रबार ११, फागुन २०८० ०१:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.