प्रसव फिस्टुला सम्बन्धी सुदूरपश्चिम प्रदेश स्तरीय  समिक्षा बैठक

युग संवाददाता     90 पटक पढिएको    

प्रसव फिस्टुला सम्बन्धी सुदूरपश्चिम प्रदेश स्तरीय  समिक्षा बैठक

 

धनगढी  । प्रसव फिस्टुला सम्बन्धी सुदूरपश्चिम प्रदेश स्तरिय समिक्षा बैठक शुक्रवार  धनगढीमा सम्पन्न भएको छ । 
प्रसव फिस्टुला लामो र कठीन सुत्केरी ब्यथाका कारण पिसाव थैली वा पिसाब नली वा आन्द्रामा प्वाल पर्नुलाई बुझिन्छ । फिस्टुला भएपछि महिलाहरूको पिसाव नियन्त्रण नहुनु र लगातार पिसाव वा दिसा यौनीमार्ग बाट बग्ने गर्दछ । 
नेपालमा प्रसव फिस्टुला उपचार आइ एन एफको सहयोगमा कर्णाली प्रदेश अस्पताल, फिस्टुला उपचार केन्द्रमा मात्र हुने गरेको छ । प्रसव फिस्टुलाको उपचार शल्यक्रियाबाट हुन्छ । शल्यक्रिया निःशुल्क हुने गरेको आइएनएफका फिस्टुला कार्यक्रम प्रमुख कान्त प्रसाद सुवेढीले जानकारी दिएका छन्  ।  

शुक्रवार  सम्पन्न बैठकमा कर्णाली प्रदेशका १० जिल्ला,  सुदरपश्चिम प्रदेशका ९ जिल्ला र लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सहित ३१ वटा जिल्लामा कार्यक्रम लागू गरिएको बताइएको छ । गत बर्ष २०८१।०८२ को तथ्याङ्क हेर्दा तीन वटै प्रदेशबाट ८ हजार ४४८ जनालाई सचेना गरेकोमा स्क्रिनिङ्ग गर्दा भने ७१ जनाको प्रसव फिस्टुलाको शल्यक्रिया गरिएको बैठकमा कार्यक्रम प्रमुख कान्त प्रसाद सुवेढीले जानकारी दिए । भने सुदुरपश्चिम प्रदेशबाट  १ सय ३४ जनालाई सचेना गरेको छ ।   
कार्यक्रममा आइएम एफ का कान्तप्रसाद सुवेदीले सहजिकरण गर्नु भएको थियो ।  
आइएनएफले सुदूरपश्चिम प्रदेशका ९  वटै जिल्लामा कार्यक्रम लागू  गर्ने उनले  बताए ।
 आइएनएफले ६ वर्षको अवधिमा ४६ हजार प्रसव फिस्टुला रोगका विषयमा सचेतना गरेको छ । 
स्वास्थ निर्देशनालयका निमित्त निर्देशक खगेन्द्र बहादुर बमकोे अध्यक्षतामा र प्रमुख अथिति सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ शिक्षा महाशाखा प्रमुख हेम राज खड्का थिए  । भने स्वास्थ क्षेत्रका जानकारहरुको सहभागितामा  समिक्षा बैठक सम्पन्न भएको थियो । 



शुक्रबार २४, साउन २०८२ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal