हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका बहुमत महासमिति सदस्यको हस्ताक्षर, आज पूरक प्रस्ताव लगिँदै

युग संवाददाता     76 पटक पढिएको    

हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका बहुमत महासमिति सदस्यको हस्ताक्षर, आज पूरक प्रस्ताव लगिँदै

 

काठमाडौँ । नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा पार्टीको जारी महासमिति बैठकमा उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ।


कुल १ हजार ९ सय ५० प्रतिनिधि छनौट गरिएकामा एक हजार जनाले हस्ताक्षर गरेको महाअभियानका संयोजक शंकर भण्डारीले बताए । बुधवार साँझ बहुमत महासमिति सदस्यहरूले हस्ताक्षर गरेको उनले बताए।

हिन्दु राष्ट्र नेपाल स्थापना सम्बन्धि पूरक प्रस्ताव महासमिति बैठक पेश गर्ने सम्बन्धमा बिहान पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भएको र बिहीबारको बैठकमा पेश गरिने उनले जनाए। यो अभियानमा साथ दिन सबै महासमिति तथा पार्टीका नेता तथा शुभेच्छुकहरूसँग उनले अपिल पनि गरेका छन्।



बिहिबार १०, फागुन २०८० ०६:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.