कैलालीमा वन फँडानीमा संलग्न अध्यक्ष नै पक्राउ

युग संवाददाता     349 पटक पढिएको    

कैलालीमा वन फँडानीमा संलग्न अध्यक्ष नै पक्राउ

 


धनगढी । कैलालीमा सामुदायिक वन फँडानीमा संलग्न अध्यक्ष नै पक्राउ परेका छन् । कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएको पाइएपछि अध्यक्षलाई पक्राउ गरिएको हो ।


सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठूला काठहरूसमेत कटानी गरेपछि अध्यक्ष बुधराम चौधरी पक्राउ परेका हुन्। नेकपाको युवा संगठनले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो।

सब डिभिजन वन कार्यालय, सुखडले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। सामुदायिक वनबाट जामुन लगातका रुखहरू कटानी गरिएको छ।



बुधबार ०९, फागुन २०८० ०१:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal