समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव चन्द विप्लव

युग संवाददाता     470 पटक पढिएको    

समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव चन्द विप्लव

 

काठमाडौं। समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए। आज बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए ।


गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ। अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको गुरूङले बताए।



सोमबार ०७, फागुन २०८० ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal