लागुऔषध सहित ४ जना कैलालीमा  पक्राउ

युग संवाददाता     178 पटक पढिएको    

लागुऔषध सहित ४ जना कैलालीमा  पक्राउ

 

धनगढी। कैलालीमा एकै दिन ४ जना युवक पक्राउ परेका छन्। कैलालीको धनगढी, गोदावरी र टीकापुरबाट एकै दिन ४ जना युवक पक्राउ परेका प्रहरीले जनाएको छ।


बिहीवार दिउँसो धनगढी उपमहानगरपालिका ६ मट्यारीबाट १५० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित सोही ठाउँका २० वर्षीय राघब चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले खैरो हेरोईनसहित चौधरीलाई फेला पारी पक्राउ गरेको जनाएको छ।

यस्तै कैलालीको गोदावरी नगरपालिका(८ स्याउले भित्री सडक खण्डबाट ४१० मिलिग्राम खैरो हेरोईनसहित धनगढी वडा नम्बर ११ का २६ वर्षीय दानबहादुर राना बिहीवार साँझ पक्राउ परेका छन्। रानालाई अस्थाई प्रहरी पोष्ट श्रीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ।

उता टीकापुर नगरपालिका १ जमरापारी टीकापुर बहुमुखी क्याम्पस नजिक सडक खण्डबाट १ ग्राम ५९० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २० वर्षीय सागर चौधरी र टीकापुर९९ बस्ने ३२ वर्षीय राजकुमार चौधरी पनि बिहीवार साँझ पक्राउ परेका छन्। यी दुबै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय टीकापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका चारै जना माथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।



शनिबार ०५, फागुन २०८० ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal