करणी गरेको आरोपमा एक वडा सदस्य पक्राउ

युग संवाददाता     182 पटक पढिएको    

करणी गरेको आरोपमा एक वडा सदस्य पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन्।


उनले फागुन १ गते राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेपछि फागुन १ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीमाथि अदालतबाट पाँच दिनको म्याद भई उतै बेल्डाँडीमै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।



बिहिबार ०३, फागुन २०८० ०१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal