वनकट्टामा शान्ति सङ्ग्रहालय स्थापना

युग संवाददाता     344 पटक पढिएको    

वनकट्टामा शान्ति सङ्ग्रहालय स्थापना

 

धनगढी /जर्मन सरकारको केयू आरभीई कूर्भे उइस्ठ्रोको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला समूहद्वारा सञ्चालित सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत सङ्ग्रहालय स्थापना गरिएको हो। भवनसहित ९ लाखको लागतमा सङ्ग्रहालय सञ्चालनमा आएको जनाइएको छ।

परियोजनाका सुदूरपश्चिम प्रदेश अधिकृत वेद अवस्थीका अनुसार सशस्त्र द्वन्द्व कालमा मारिएको आफन्तजनहरूको स्मरणमा शान्ति सङ्ग्रहालय स्थापना गरिएको हो। पालिका स्तरीय सो सङ्ग्रहालयमा कैलारी गाउँपालिकाका ७८ जनासहित कैलालीका ५५२ जना पीडितहरूको तथ्याङ्क राखिएको छ। शुक्रवार एक कार्यक्रमका बिच सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सङ्ग्रहालय उद्घाटन गरेका थिए। कार्यक्रममा प्रदेश सांसद खिमा देवी विष्टसहित कैलाली गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, वडाध्यक्ष प्रेमबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो।



शनिबार २७, माघ २०८० ०६:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal