सुदूरपश्चिम प्रदेश सरकारले फागुनमा गर्ने लगानी सम्मेलन स्थगित

युग संवाददाता     437 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सरकारले फागुनमा गर्ने लगानी सम्मेलन स्थगित

 


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले फागुनमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन स्थगित गरेको छ।सम्मेलनको तयारी नपुगेको भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। तर निर्णय भने प्रदेश सरकारले हालसम्म पनि सार्वजनिक गरेको छैन।


सम्मेलन कार्यकारी समितिका सदस्य सचिव नृप सुनारले तयारी नपुग्ने भएको हुँदा फागुनमा गर्ने भनिएको सम्मेलन स्थगित गरिएको जानकारी दिए। उनले माघ १२ गतेकै मन्त्रीपरिषदको बैठकले आउँदो वर्ष २०८१ असोज २१ र २२ गते आयोजना गर्ने गरी मिति तोकिएको जानकारी दिए।

हचुवाका भरमा आयोजना गरेको भन्दै लगानी सम्मेलनको सत्ता र प्रतिपक्ष दुबैले विरोध गर्दै आएका थिए। प्रदेश सभा बैठकमा समेत सांसदहरुले सम्मेलनको चर्को विरोध गर्दै आएका थिए।

प्रदेश सरकारले लगानी सम्मेलनका लागि धनगढी सहित काठमाण्डौमा विभिन्न समिति बनाएर छलफल तथा बैठेक गरिरहेको थियो।



बुधबार २४, माघ २०८० ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal